
सरकारबाट नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहिरिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारीका लागि आज (मंगलबार)देखि छलफल शुरु गर्ने भएका हुन् ।प्रधानमन्त्रीले आजदेखि मन्त्रिपरिषद् पुनर्गठनका लागि आठ दलीय गठबन्धनका शीर्ष नेतासँग छलफल गर्ने बताइएको छ ।आठ दलीय गठबन्धनका कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा शीर्ष नेताहरुको बैठकबाटै टुंगो लगाइने बताइएको छ ।




























