
काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आमनेसामने भएका छन् । काठमाडौंमा रहेका कवाडी व्यवसायीलाई मेयर बालेनले हटाउँन खोजेका छन् । तर आजपा अध्यक्ष प्रभुले ति व्यवसायीहरुले व्यवस्थित रुपमा काम गर्न पाउँनुपर्ने पक्षमा उभिएका छन् । मेयर बालेनले पछिल्लो समय काठमाडौंमा रहेका कबाडी व्यवसायीलाई जबरजस्ती हटाइरहेका छन् । कवाडी व्यवसायीहरुको गोदाम र पसल मेयर बालेनको डोजरले भत्काउँदै अगाडी बढी रहेका बेला आजपा अध्यक्ष प्रभुले कबाडी व्यवसायीको पक्षमा उभिएका छन् । काठमाडौं महानगरपालिकाले अबैधानिक एवं गैरकानूनी रुपमा हस्तक्षेप गरेपछि कवाडी व्यवसायीहरु आन्दोलित भएका छन् ।काठमाडौं महानगरपालिकाको निर्णयका विरुद्धमा आन्दोलित कवाडी व्यवसायीहरु आज काठमाडौंमा बृहत भेला एवं प्रदर्शन गरेका छन् । उनीहरु भोली महानगरपालिकामा ज्ञापनपत्र बुझाउँने कार्यक्रम रहेको छ । कवाडी व्यवसायीहरुको भेलामा सहभागि प्रभुले न्यायिक आन्दोलनमा आफ्नो पुर्ण सहयोग रहने प्रतिबद्धता सहित आन्दोलनका मागहरु तुरुन्त सम्बोधन गर्न महानगरपालिकालाई अनुरोध गरेका छन् । प्रभुले काठमाडौं महानगरपालिकाले कवाड ब्यवसायीमाथि गैरकानुनी रुपमा हस्तक्षेप गरेको बताए । ‘घर–घरबाट काम नलागने कावाड़ी समान किनेर काठमाण्डौंलाई सफा राखने कवाड़ ब्यवसायीहरुलाई उच्च मनोबलका साथ एकताबद्ध भई अगाड़ी बढ़न म अपिल गर्छु’ कवाडी व्यवसायीको भेलामा सहभागि प्रभु साहले भने, ‘कवाड ब्यवसायीहरुको संघर्षमा आफू र आफ्नो दलको पूर्ण समर्थन छ । तपाईहरु अगाडी बढनुस् म तपाईहरुकै साथमा छु ।’ आजपा अध्यक्ष प्रभुले ब्यवसाय गर्ने अधिकार सबैलाई रहेको भन्दै उचित विकल्प नदिई कवाड ब्यवसायीहरुलाई हटाउनु गलत भएको बताए ।कवाड ब्यवसायीहरुको माग तुरुन्त सम्बोधन गर्न उनले काठमाडौं महानगरको ध्यानाकार्षण गराएका छन् । उनले कवाड ब्यवसायी र सो पेशामा आवद्ध सबैलाई उच्च मनोवलका साथ काम गर्नसमेत आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेनले कवाडी व्यवसायीलाई हटाउँन खोजेका छन् भने आजपा अध्यक्ष साह उनको निर्णयको विरोधमा उत्रिदै व्यवसायीद्धारा घोषित आन्दोलनमा समर्थन जनाउँदै आन्दोलनमै सहभागि भए । काठमाडौं महानगरपालिलाई सफा, स्वच्छ र स्वस्थ राख्नमा कवाडी व्यवसायिहरुको महत्वपूर्ण योगदान र सहयोग रहेको बताउँदै आजपा अध्यक्ष साहले उनीहरुलाई सम्मान गर्नुको साटो अपमानित गर्ने, गैरकानूनी रुपमा हटाउँन खोज्ने लगायतका महानगरको काम असोभनिय र अक्षम्य रहेको बताए




























