
शनिबार काठमाडौं स्थित बुद्धनगरको क्वालिटी बैंक्युटमा पार्टी एकीकरणको घोषणा हुनेछ । आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साह र समाजवादी जनएकता पार्टी नेपालका संयोजक नारायण श्रेष्ठले एकता पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गर्ने कार्यक्रम रहेको आजपा स्थायी कमिटीका सदस्य रबिन्द्र सिंहले जनाएका छन ।पछिल्लो समय विभिन्न पार्टी परित्याग गरि आजपामा प्रवेश गर्नेको लहर चलेको छ । आजपाको नीति तथा कार्यक्रम राम्रो रहेकाले विभिन्न पार्टी परित्याग गरि नेताहरू आजपामा प्रवेश गर्नुका साथै विभिन्न पार्टीसंग एकीकरण भैइरहेको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले बताए । पछिल्लो समय आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन एंव दलिय लूटतन्त्रको विरुद्धमा संघर्षका कार्यक्रम गर्दै आईरहेको छ ।




























