
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग कुनै धर्मसंग नभई मानवजिवनको स्वास्थ्यसंग सम्बन्धीत रहेको बताउनुभएको छ ।योग दिवसका अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा ओलीले योगले शारिरिक, मानसिक स्वस्थताका साथै पवित्र आचरणका लागी मार्गनिर्देशन गर्ने भएकाले यो कुनै धर्मसंग सम्बन्धीत नरहेको बताउनुभएको हो । उहाले योगले मान्छेभित्र रहेका खराव तत्वहरुलाई निकाल्न मद्दत गर्दै असर मान्छे बनाउन सक्ने धारणा राख्नुभयो ।योग अनुशासीत पवित्र जिवन भएको भन्दै उहाले योग मानव मष्तिस्क स्वस्थ रहोस् भन्नेकुरासँग पनि सम्बन्धित रहेको उहाको भनाइ छ । .उहाले योगलाई विश्वव्यापीकरण गर्नुपर्ने र यसका लागि धेरै अन्तराष्ट्रिय क्षेत्रबाट पहल भइरहेको बताउनुभयो ।




























