
सिन्धुली — सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटासुमो दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ। आइतबार बिहान करिब २:३० बजे को.१ ज २९७६ नम्बरको सुमो नियन्त्रण गुमाएर सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठका अनुसार दुर्घटनास्थलबाट तीन जना महिलाको शव फेला परेको छ। मृतकहरूको पहिचान खुल्न अझै बाँकी रहेको छ। दुर्घटनापछि चालकको भनाइअनुसार थप तीन जना यात्रु नदीमा बेपत्ता भएका छन्।

























