
काठमाडौं ।एनएमबि बैंकले सेयरधनीलाई यो वर्ष कति पनि लाभांश नदिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो । त्यस्तै २०७७/७८ मा ३.२ प्रतिशत नगद र १३ प्रतिशत बोनस दिएको बैंकले २०७६/७७ मा १४ प्रतिशत नगद र २१ प्रतिशत बोनस सेयर दिएको थियो ।गत आर्थिक वर्ष २०७९/८० मा बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ३.३ प्रतिशत नगद र १२.५ प्रतिशत सेयर बोनस दिएको थियो ।सेयर बजारमा बैंकको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ ७० पैसा रहेको छ ।चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा छ ।चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा छ ।




























