काठमाडौं । वैशाख ३० गते सम्पन्न हुने स्थानिय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिने घोषणा गरेर चर्चामा आएकी सुनिता डंगोलले अन्ततः नेकपा एमालेलाई रोजेकी छिन् ।एमालेले पूर्व मिस नेवाः समेत रहेकी डंगोललाई काठमाडौंको उप–मेयरमा उठाउने घोषणा गरिसकेको छ ।यसैबीच, आईतबार डंगोलले एउटा प्रेस विज्ञप्ती जारी गर्दै आफूले पदभन्दा लक्ष्यलाई महत्व दिएकाले एमालेको तर्फबाट उम्मेद्वार बनेको स्पष्ट पारेकी छिन् ।यस्तो छ डंगोलद्वारा जारी विज्ञप्ती :