
काठमाडौं । इजरायली आक्रमणमा परी गाजामा मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीबीसीका अनुसार मन्त्रालयले आइतबार तथ्यांक सार्वजनिक गरेदेखि अहिलेसम्म थप ३४९ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्ध पछि गाजामा १५ हजार ८९९ जनाको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालय हमासले सञ्चालन गरिरहेको छ ।मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका हमासले जनाएको छ ।




























