
काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं सेयर बजार परिसुुचक ओरालो लागेको छ । कारोबार खुलेको पहिलो केही समय सामान्य अंकले ओरालो लागेर पछि बढ्न थालेको नेप्से अन्तिम समयमा आएर २६ दशमलव ३६ अंकले ओरालो लागेर दुई हजार २२ दशमलव ९२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १६ अंकले ओरालो लागेर तीन सय ७३ बिन्दुमा खुम्चिएको छ ।धितोपत्र बजारमा आज तीन सय चार वटा कम्पनीहरुको ९८ हजार छ सय ३२ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ रुपैंयाँ पुगेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।




























