
खाँडलाई फेरि जेल जानबाट बचाउन प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्तालाई आदेश दिएका छन् । जेलमा भएका अपराधीलाई थुनामुक्त गराउन र भ्रष्टचारका काण्ड लुकाएर आफ्ना नजिकका नातेदार अपराधी र भ्रष्ट बचाउन बाहेक आफ्नो एकवर्षे कार्यकालमा कुनै देखिने काम गर्न नसकेका प्रधानमन्त्री प्रचण्ड अहिले आफ्नो सम्पूर्ण शक्ति नक्कली भूटानी शरणार्थी काण्डका अभियुक्त खाँडलाई बचाउन लागि परेका छन् । कांग्रेसले खाँडलाई फेरि जेल हाले गठबन्धन भत्किनेसम्मको दबाब दिएको भन्ने प्रचण्डको दावी छ ।
कसरी जालान् त जेल ? यदि महान्यायाधिवक्ता कार्यालयले पाटन उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा निवेदन पेश गर्ने हो भने सुनुवाई भइन्जेलसम्म खाँण फेरि थुनामै पर्ने सम्भावना रहन्छ । यही छल्ने सारा प्रपञ्च रचिएको छ । पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत नजाँदा नक्कली शरणार्थी प्रकरणको मुल मुद्दा नटुंगिदासम्म पूर्व गृहमन्त्री खाँणले थुनाबाहिर रहने सुविधा पाउछन् ।




























