
काठमाडौं : प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा २०८१ वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको हो ।यस्तै बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।इलाम क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको निधन भएपछि रिक्त रहेको पदका लागि उपचुनाव गर्न लागिएको हो ।




























