फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह-आयोजनामा आज देखि २५ औँ फ्लोरा एक्स्पो सुरु भएको छ ।पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको लागि फ्लोरिकल्चर एशोसिएसन नेपालले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला प्रदर्शनी आयोजना गर्दै आइरहेको छ।एक्स्पोमा व्यवसायिक स्टल ६० वटा, ल्याण्डस्केपिन स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा र एउटा फूड स्टलसहित जम्मा ७३ वटा स्टल रहेका छन्।
एक्स्पोमा मौसमी फूल, आलकारिक बोट-बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण रहेका छन्।पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर-आँगन तथा बगैँचा सजाउन चाहने, फूल-बिरुवा प्रति अभिरूची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहनेहरू सबैको निम्ति २५ औ फ्लोरा एक्स्पो उपयोगी हुने विश्वास एसोसिएसनको विश्वास गरेका छन् ।