
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगीत भएको छ ।
बिहीबार बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रमका बिषयमा राष्ट्रपतिलाई धन्यवाद दिने महत्वपूर्ण कार्यसूची रहेकाले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।तर कांग्रेस सांसदहरुले सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै उठेर विरोध जनाएका थिए । कांग्रेसको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष दाहालले जेठ चार गतेसम्मका लागि बैठक स्थगीत गर्नुभएको छ ।




























