
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको कामकारवाहीलाई बाधा पुराएको आरोप लगाउनुभएको छ ।संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गिरीले प्रतिपक्षीको मागलाई ध्यानमा राखेर संसदीय छानविन समिति बनाउन सहमति भइसकेको अवस्थामा एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको कामकारवाहीलाई बाधा पुराएको आरोप लगाउनुभएको हो ।संविधान अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिदा कांग्रेसले गरेको अवरोध गैरलोकतन्त्रीक र असंवैधानीक रहेको उहाको भनाइ छ । उहाले समिति बनाउन कार्यदलले सहमति खोज्ने प्रयास गर्दा कांग्रेसले सदन अवरोध गर्न नहुने धारणा राख्नुभयो ।उहाले कांग्रेसले गरेको निर्णय त्रुटीपूर्ण रहेको र यसलाई सच्चाउनुपर्ने जिकिर गर्नुभयो ।




























