![]()
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने बिषयमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गिरीले कुनै दल फुटाउन नभइ थप परिमार्जन गर्न राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको स्पष्ट पार्नुभयो । विधेयक फिर्ता लिने निर्णय कुनै दलसंग लक्षित नभएको र कुनै दल फुटाउने ढंगले सरकार अघि नवढ्ने उहाले बताउनुभयो ।त्यस्तै मन्त्री गिरीले प्रतिपक्षी दलको माग प्रति सरकार गम्भीर भएर नै कार्यदलमार्फत काम भइरहेको बताउनुभयो । संवैधानिक बाध्यता अनुसार गर्नुपर्ने काम विरोधकाबीच सदनबाट अघि बढाइएको उहाको भनाइ छ । उहाले संसदीय छानविन समितिको कार्यादेशमा सहमति नजिक पुगेको भन्दै केहि दिनभित्रै सहमति हुने जिकिर गर्नुभयो ।यता कांग्रेसले दल विभाजन गराउने नियतले सरकारले विधेयक फिर्ता लिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस सहमहामन्त्री बद्रि पाण्डेले दलहरु फुटाउनका लागि सहजता प्रदान गर्न राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने काम भएको बताउनुभयो । उहाले नयाँ आएका दलहरु राजनीतिक स्थिरता चाहन्छौ भन्ने कुराबाट रास्वपा च्यूत भएको तर्क गर्नुभयो ।पाण्डेले संसदलाई बाहुवलको थलो बनाउने कामले लोकतान्त्रीक मूल्यमान्यतामाथि धावा बोल्ने काम भएको भन्दै आगामी दिनमा थप प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।




























