
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षकलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारी र सदस्यमा राख्न नहुने भन्दै यसका लागि राजनीतिक दलको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।उहाले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रुपमा आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाले कमजोर देखिएका विद्यालयको शैक्षिक सुधारमा जोड दिदै बजेट तर्जुमा गरिएको जिकिर गर्नुभयो । मन्त्री श्रेष्ठले भौतिक निर्माणमा काम गर्ने श्रमिकहरु भारतबाट आउने गरेको भन्दै यसमा नेपालीलाई प्राथमिकता दिने हो भने विद्यार्थीलाई काम पनि सिकाउने र श्रम पनि गराउन सकिने धारणा राख्नुभयो ।उहाले सिटिइभिटीकोे पुनःसंरचाका लागि प्रक्रिया सुरु भएको बताउनुभयो ।




























