
काठमाडौं ।नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्तप्रति आपत्ती जनाउनुभएको छ ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सापकोटाले नियम उलंघन गरेर सरकारले प्राधिकरणका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको भन्दै आपत्ती जनाउनुभयो । उक्त घटनाले सरकार देशमा अटेक्रेसी चलाउन खोजिरहेको भन्ने आशंका उत्पन्न भएको उहाको भनाइ छ ।सापकोटाले अघिल्लो संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको छानविन गर्न उपसमिति बनाएको र समितिले दिएको प्रतिवेदनका आधारमा डेडिकेटेड र ट्रंक लाइनबाट समयमा नै महसुल नतिर्ने उपभोक्ता तथा ग्राहकहरूलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको स्मरण गर्नुभयो ।तर हालका लेखा समितिका सभापतिले उक्त निर्णयलाई उल्टाउन खोजेको उहाले आरोप लगाउनुभयो ।त्यस्तै उहाले हालका लेखा समितिका सभापतिले उद्योगीसँग रहस्यमय भेट गरेको समेत आरोप लगाउनुभयो । सापकोटाले सार्वजनिक लेखा समितिको सभापति बिपक्षी दललाई दिनका लागि रुलिङ गर्न पनि माग गर्नुभयो ।




























