उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरुमा केही गम्भीर चुनौतीको सामना गरिरहेको बताए। राजश्व परिचालनका दृष्टिकोणले लक्ष्य भेदन गर्न अफ्ठ्यारो परिरहेको र बेरुजु बढिरहेको बताए। लेखा प्रणालीमा दुरुस्त हुन नसकिरहेको बताए।

काठमाडौं- उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिमको समापन समारोहलाई पौडेलले सवै सेवाग्राहीप्रति समान व्यवहार गर्दै कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।उहाले सेवाग्राहीप्रति समान व्यवहारबाट चुक्ने गरेको गुनासो आउने गरेको भन्दै यसमा राष्ट्रसेवक कर्मचारीले बिशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । पौडेलले आफुलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणीत गर्न पनि मैत्रीपूर्ण काम गर्नुपर्नेमा जोड दिनुभयो ।निजामति कर्मचारीहरुले काम गर्दा कानूनसंग बाझिएको छ वा छैन भन्ने ख्याल गर्नुपर्ने समेत उहाले बताउनुभयो । पौडलले सरुवा बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरुको भनसुनबाट मुक्त हुनपनि निर्देशन दिनुभयो ।




























