
काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अंकको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।बुधबार तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ । जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।ती किनबेचमा २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । मंगलबार २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।उक्त दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बिमा, लुघवित्त र सामुहिक लगानी कोषबाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।




























