
काठमाडौं ।-नेपालमा जारी साफ यु–२० फुटबल च्याम्पियनसिपमा आज भारत र माल्दिभ्सबीचको खेल हुँदैछ । समुह चरणको यो अन्तिम खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।त्यस्तै माल्दिभ्सलाई भने पहिलो खेलमा हार बेहोरेको हुनाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ। समूह बि मा एक खेल जितेर भुटान पनि सेमिफाइनलको दौडमा रहेको छ।प्रतियोगितामा समूह ए बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ। समूह ए मा नेपालले दुवै खेल जितेर समूह विजेता बनेको छ भने बङ्गलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ। नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बङ्गलादेश र श्रीलङ्कासँग रहेको छ भने समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन्।प्रतियोगितामा समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । समू ए मा नेपालले दुवै खेल जितेर समुह विजेता बनेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ ।नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।आजको खेल पछि सेमिफाइनलको समीकरण पुरा हुने छ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने छ ।




























