
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई महाअभियोग लगाउने कुरा मान्य नहुने स्पष्ट पारेको छ ।मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई महाअभियोग लगाउने खवर सुनेको भन्दै त्यस्तो कदम चालिए मान्य नहुने बताउनुभयो । उहाले उपसभामुखलाई महाअभियोग लगाएर लोकतन्त्रमाथि धावा नबोल्न चेतावनी समेत दिनुभयो । संख्या र सत्ताशक्तिका नाममा राज्य चलाउने बुझाइ हो भने सार्वभौम जनताको अगाडी कुनै सत्ता नटिक्ने उहाले बताउनुभयो । तत्कालका सहजताका लोकतन्त्र बिपरितको काम गरे आगामी दिनमा आफुले खनेको खाल्डोमा आफै पार्न सक्ने तर्फ उहाले सजक गराउनुभयो ।यसअघि सोमबार बसेको सत्तागठबन्धनको बैठकमा उपसभामुखलाई महाअभियोग लगाएर पदबाट हटाउने बिषयमा छलफल भएको बताइएको छ ।




























