
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले बिदाइ भेट गरेकी छन् ।मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले नेपाल–युरोपेली संघ सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत लोरेन्जोले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरे ।भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका क्रममा सरकार तथा नेपाली जनताबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गरिन् ।राजदूत लोरेन्जोले मंगलबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि बिदाइ भेट गरेकी थिइन् । सचिव राईले नेपाल र युरोपेली संघबीचको साझेदारीलाई थप मजबुत बनाउन राजदूत लोरेन्जोले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना दिएका थिए ।परराष्ट्र मन्त्रालयका अनुसार राजदूत लोरेन्जोले आफ्नो कार्यकालमा प्राप्त सहयोगप्रति नेपाल सरकार र नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।



























