
काठमाडौं । आज बिहान अछाममा भूकम्प गएको छ । आज बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । पछिल्लो समय देशका पूर्व, मध्य र पश्चिम भूभागमा साना–ठूला भूकम्पीय कम्पन महसुस भएका छन्।भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो । तर भूकम्पले क्षति पुर्याए/नपुर्याएको जानकारी प्राप्त हुन सकेको छैन ।जिल्ला प्रहरी कार्यालय अछामले भूकम्पको धक्का महसुस भएको र त्यसले क्षति भए/नभएकोबारे सबै पालिकाहरुमा बुझ्ने काम भइरहेको जनाएको छ ।




























