
काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफुलाई सहि प्रमाणित गर्नका लागि राजीनामा दिएर छानविनका लागि मार्गप्रसस्त गर्न उपसभामुखलाई सुझाव दिनुभएको छ ।मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बास्कोटाले बिभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रसंगमा उपसभामुखमाथि बिभिन्न प्रश्न उठेकाले आफुलाई सहि प्रमाणित गर्नका लागि राजीनामा दिएर छानविनका लागि मार्गप्रसस्त गर्न सुझाव दिनुभएको हो ।लोकतन्त्रमा सवैमाथि प्रश्न उठाउन पाइने र प्रश्नको सामना गर्दै आफुलाई सहि प्रमाणीत गर्ने बाटो पनि लोकतन्त्रमा रहेको उहाले बताउनुभयो ।आफुमाथि प्रश्न उठ्दा राजीनामा दिएर अनुसन्धान गर्ने वाटो खुल्ला गरेको स्मरण गर्दै बास्कोटाले प्रश्न उठिसकेपछि सामना गर्ने साहस र आँट राजनीतिक व्यक्तिमा हुनुपर्ने जिकिर गर्नुभयो ।उहाले सांसदहरुमाथि नै प्रश्न उठ्दा के गर्ने भनेर कानून बनाउनुपर्नेमा जोड दिनुभयो । उपसभामुखका बारेमा सरकारले कुनै निर्णय गर्यो की गरेन भन्ने कुरा सरकारको बिसनेस नभई संसदको बिजनेस भएको उहाले बताउनुभयो ।




























