
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले पहिलो जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा लेस्टर सिटीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो।लेस्टर सिटीको जितमा खेलको १६औं मिनेटमा फकुन्डो बुओनानोटटेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।यो लेस्टर सिटीको यस सिजनमा पहिलो जित हो । लेस्टरको ७ खेलमा एक जित जित बराबरी र ३ हारसहित ६ अंक भएको छ र लिगमा १५औं स्थानमा रहेको छ ।लेस्ट७ खेलपछि लिभरपुल १८ अङ्कका साथ शीर्ष स्थानमा रहँदा म्यानचेस्टर सिटी र आर्सनल समान खेलबाट १७ अङ्कका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। त्यसैगरी बोर्नमाउथको भने ७ खेलमा ८ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ।प्रिमियर लिगकै अन्य खेलमा ब्रेन्टफर्डले वल्भेसलाई ५-३ ले हरायो। त्यस्ते लेस्टर सिटीले बोर्नेमाउथलाई १-० ले हराउँदा वेस्टह्याम युनाइटेडले इप्सविच टाउनलाई ४-१ ले पराजित गर्यो। त्यस्तै एभर्टन र न्युक्यासलले गोलरहित बराबरी खेलेका थिए। त्यसअघि लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० ले हराएको थियो।




























