
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३ प्रतिशत र कर सहित ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीको सचिव हिमलाल पौडेलका अनुसार बैंकले चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर समेत गरी ७.५३ प्रतिशत नगद लाभांश दिने भएको छ।उक्त प्रस्ताव बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।




























