
काठमाडौं । तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको छ ।तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटनामा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर जबरालगायतलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो ।त्यसअघि उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । म्याद थपको प्रक्रिया पु¥याएपछि जिल्ला अदालतमा उपस्थित गराइएको हो ।धवलशम्शेर राणाबाहेक सबैलाई हत्कडी लगाइएको थियो । रवीन्द्र मिश्रलाई पक्राउ परेका अर्का एकजनासँग साझेदारीमा हत्कडीले बाँधिएको थियो ।उनीहरुलाई सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि अदालत उपस्थित गराइएको हो ।




























