
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र कर्मचारीहरुबिचको विवाद सतहमा देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ विहीबार कार्यालय प्रवेशका क्रममा देखिएको दृश्यले यसलाई पुष्टि गरेको छ ।
उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर कर्मचारी र जनप्रतिनिधिले गुरागाईंलाई कार्यालय प्रवेश गराएका हुन् । बाक्लो संख्यामा परिचालिन नगरप्रहरीले रोक्न खोज्दा मुठभेडको अवस्था आएपनि कर्मचारी र जनप्रतिनिधिका अगाडि नगर प्रहरीको गुरागाईंलाई रोक्ने प्रयास असफल भएको छ ।
काठमाडौं महानगरका शिक्षक कर्मचारीले अब त तलब पाउँछन् होला है ? भन्दै पत्रकारले सोधेको प्रश्नमा गुरागाईँले भने- पाउनुपर्ने हो । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेको र भोलिदेखि सबै सहज हुने बताए । उनले भने, ‘उहाँले आफ्नो पदभार सम्हाल्नुभएको छ । अब सबै वातावरण सहज भइसक्यो ।रोकिएको तलव सुविधा पनि खुल्छ ।’महानगर प्रमुख बालेन साहले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए । सो ताला फुटाएर कर्मचारीले उनलाई कार्यकक्षमा आसिन गराएका हुन् । प्रवक्ता मानन्धरले भोलिबाट प्रशासकीय अधिकृत कार्यालय आउन कुनै समस्या नहुने दाबी पनि गरेका छन् ।उनले हरेक घटनाक्रममा आफूहरु जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह समेत गरिन् ।डंगोल, वडाध्यक्ष, वडा सदस्य र कर्मचारीको साथ पाएपछि गुरागाई हाजिर गरेर मन्त्रालय आएका थिए ।मेयर बालेनले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरुको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरु पनि असन्तुष्ट बनेका थिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि तलबभत्ता लिन नपाएको गुनासो गरेका छन् ।



























