
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरूले नयाँ बानेश्वरमा धर्ना दिएका छन् । विगतका वर्षहरूमा तीनै तहका सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएका छन् । तर यो पटक भने भर्ना अभियान अन्योल बन्ने भएको छ । किनकि प्रमुख अभियानकर्ता शिक्षक तथा विद्यालय कर्मचारीहरू १४ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन् ।आफूहरूसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल शिक्षक महासंघले महासंघले लगातार काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएका छन् ।शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने, कक्षा १२ को परिक्षा कार्यक्रममा सहभागी नहुने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय समेत गरेको छ ।यसले गर्दा एसईईको नतिजा समेत समयमै नआउने अबस्था रहेको छ । आफ्ना माग पूरा नभएसम्म शैक्षिक हडताल जारी राख्ने महासंघको अडान छ ।
महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।




























