
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य स्थानीय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो ।आइतवार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज आइतबारकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।




























