
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौंका सुकुम्वासी बस्तीमा खानेपानी रोकेर सरकारले मानवताविरोधी अपराध गरेको बताएका छन् ।प्रतिनिधि सभाको आज (सोमवार) बसेको बैठकको विशेष समयमा बोल्दै सांसद साहले सुकुम्वासी बस्तीमा रहेका नागरिकसंग कर लिने, मत लिने तर उनीहरुलाई खानेपानी नदिएर सरकारले मानवता विरोधी अपराध गरेको बताए ।‘सम्मानिय सभामुख महोदय, काठमाडौंको सुकुम्वासी बस्तीमा खानेपानी छैन् । म सरकारसंग सोध्न चाहन्छु, सुकुम्वासी बस्तीमा खानेपानी किन रोक्नुभो ? खानेपानी त दुसमनलाई पनि रोक्दैन् । तपाईले आफ्नै देशको नागरिकलाई खानेपानी रोकेको सुन्दा असाधै दुःख लागेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘खानेपानी त मौलिक हक हो, संवैधानिक अधिकार हो । के त्यो सुकुम्वासीलाई लागु हुदैन् ? सुकुम्वासीको भोट लिने, सुकुम्वासीको मत लिने, सुकुम्वासीको कर पनि लिने तर ति सुकुम्वासीले खानेपानी नपाउँने ? यो भन्दा विडम्बना के हुन्छ ? यो सामान्य अपराध होईन् । सरकारले मानवता विरोधी अपराध गरेको अभास हुन्छ सभामुखज्यू ।’कुनै पनि बहानामा कोहीकसैलाई शुद्ध खानेपानीबाट बञ्चित गर्नु राम्रो नभएको उनले बताए । सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था सरकारले यथाशिघ्र गरोस् भन्ने बारेमा सभामुखले रुलिङ गर्नुपर्ने उनले बताए ।‘हामी हेरिरहेका छौं, उज्यालो नेपाल भनेर सुन्छौं । तर यही काठमाडौंको सुकुम्वासी बस्ती उज्यालोको अवसरबाट बञ्चित छ । बिजुलीबती पुगेको छैन् । यो भन्दा दुखदायी कुरा के हुन्छ ? अमानविय कुरा के हुन्छ ? मानवता के मरेकै हो ? हैनभने सुकुम्वासी बस्तीमा त हाम्रै दाजुवहिनी, दिदिभाई छन् । नेपाली नागरिक नै हुन् । के ती नागरिकलाई यि सुविधानबाट बञ्चित गर्न मिल्छ ? यदी साच्किै यि सुविधा दिन सकिदैन भने उनीहरुबाट कर किन लिनुहुन्छ ? करको दायराबाट पनि बाहिर गर्दिनुपर्यो नि । कर लिने तर सुविधा नदिने ?’ आजपा अध्यक्ष साहले सरकारसंग प्रश्न गर्दै भने ।उनले भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा निधन भएकी पर्सा वीरगञ्जकी प्रिसा साहको निधन भएको घट्नाप्रति दुःख व्यक्त गर्दै मृत्तकप्रति श्रद्धाञ्जली अर्पण गरे । साथै, पूर्वमन्त्री साहले उक्त घट्ना कसरी भएको हो ? त्यसको छानबिन कहाँ पुग्यो ? भन्नेबारे सरकारसंग जवाफ मागेका छन् ।यसैगरी गत २८ असारमा दुई यात्रुबाहक बस पहिरोमा परी वेपता भएको र त्यसमा रहेका व्यक्तिका परिवारले राहत सहित अन्य सुविधा समेत पाउन नसकेको बारेमा उनले आवाज उठाएका छन् ।‘चितवनको भरतपुरमा पहिरोमा परेर दुइटा बस काठमाडौंबाट गौर गईरहेको बस र वीरगंजबाट काठमाडौं आईरहेको बस वेपता भएको घटनामा मृत्यु भएका र वेपता भएका कयौं परिवारले अझै राहत पाएका छैनन्,’ आजपा अध्यक्ष साहले भने, ‘खास गरेर मृत्यु दर्ता प्रमाणपत्रको अभावमा विमाको रकम पाउन सकेका छैनन् । त्यसमा पनि इन्डियन नागरिकहरु मृत्यु प्रमाणपत्रका लागि विभिन्न निकायमा दौडिदै हिडिरहेका छन् । मानवताको हिसाबले पनि नेपाल सरकारले यसमा संवेदनशिलता देखाओस् । हामीले सुनेका छौं, मधेस सरकारले राहत दिदा इन्डियनलाई काटेर राहत दिएको सुन्दा राम्रो लागेन् । यस्ता विभेद कुनै पनि पीडितप्रति गर्नु उचित छैन् । त्यसका पीडितहरुले छिटै न्याय पाओस् भन्ने माग गर्न चाहन्छु । धन्यवाद ।’




























