
काठमाडौँ । काठमाडौँको माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरुको प्रदर्शन शुरु भएको छ । भ्रष्टाचार तथा बेथितिविरुद्ध काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ प्रदर्शन शुरु भएको हो ।माइतीघर मण्डलामा भेला भएका उनीहरूले बिहान ११ बजेतिर बानेश्वरतर्फ शान्तिपूर्ण मार्च सुरु गरेका हुन् ।सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र मुलुकभर बढ्दो भ्रष्टाचार उनीहरूको मुख्य एजेन्डा बनेको छ ।काठमाडौं मात्र नभई पोखरा, दाङसहित अन्य सहरहरूमा पनि आजैदेखि जेनजी पुस्ताको आन्दोलन सुरु भएको छ ।सडक ढाकेर प्रदर्शन गरेका कारण सवारी आवागमन प्रभावित भएको छ । उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् । जेनजीको आन्दोलनलाई काठमाडौं महानगरका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न दलका जनप्रतिनिधि, कलाकार र स्वतन्त्र युवाहरूले समर्थन गरेका छन् । प्रदर्शनमा राजनीतिक दलसँग आबद्ध भ्रातृ संस्थालाई सहभागी हुन भने रोक लगाइएको छ ।पहिले सामाजिक सञ्जालमार्फत मात्र प्रकट असन्तोषलाई जेनजी पुस्ताले यसपटक सडकमा उत्रिएर प्रत्यक्षरूपमा देखाएका छन्।




























