चितवन। चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँगको मतान्तर थप फराकिलो पार्दै अग्रता लिएकी छन् ।अहिलेसम्म ४० हजार ९ सय ६३ मतगणना हुँदा रेनुले १५ हजार ५ सय १३ मत पाएकी छन् । एमालेका विजय सुवेदीले १२ हजार ३ सय ८७ मत पाएका छन् । रेनु र विजयको मतान्तर ३ हजार १ सय २६ छ ।सत्ता गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ४ सय ३ मत पाएकी छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९ सय ७० मतसहित अग्रता कायम गरेका छन् । राप्रपाकी हिमला गुरुङले ९ हजार ९ सय ६१ मत पाएकी छन् ।मेयरमा रेनुले निरन्तर अग्रता लिइरहँदा एमाले उम्मेदवार सुवेदी निकै पछि परेका छन् । तर, उनले भाेट धेरै गन्न बाँकी नै रहेकाेले अन्तिममा आफूले जित निकाल्ने दाबी गरेका छन् ।