
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवा स्वदेश फर्किएका छन् ।उपचारका लागि सिंगापुर गएका देउवा दम्पती शुक्रबार बेलुका काठमाडौं फर्किएका हुन् ।देउवा दम्पती जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको आक्रमणमा परी घाइते भएका थिए । आक्रमणमा सभापति देउवाको टाउको र घाँटीमा चोट लागेको थियो । थप उपचारका लागि देउवा दम्पती गत कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए ।




























