
शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अंकले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य ८ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव ९३ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहको शेयरमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।कारोबार भएकामध्ये ८८ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय १८ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कूल ३९ लाख ४६ हजार २४ कित्ता शेयर एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ रुपैयाँमा खरिद बिक्री भएको छ ।कारोबारका आधारमा युनिभर्सल पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको सात करोड ५५ लाख ११ हजार पाँच सय ८४ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट छ करोड ५० लाख ६९ हजार नौ सय ८९ रुपैयाँ, सानिमा माई हाइड्रोपावर छ करोड ४६ लाख १३ हजार नौ सय ७७ रुपैयाँ, नेपाल पूर्वाधार बैंक तीन करोड ७६ लाख २४ हजार पाँच सय ७६ रुपैयाँ र हिमालयन डिस्टिलरी तीन करोड ४४ लाख ६० हजार आठ सय १९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।यस्तै आँधीखोला लघुवित्त, आर्दश लघुवित्त र खप्तड लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्स छ दशमलव १४, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच दशमलव ७६ प्रतिशतले कमाएका छन् । त्यस्तै, प्रिमियर इन्स्योरेन्स तीन दशमलव ८५, राप्ती हाइड्रो तीन दशमलव ८४, सामलिङ पावर तीन दशमलव ७९, तारागाँउ रिजेन्सी होटल तीन दशमलव ७८, स्वाभिमान लघुवित्तका लगानीकर्ताले तीन दशमलव २९ प्रतिशतले गुमाएका छन् ।




























