
काठमाडौं । मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर तोलाको ५८८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५८१० रुपैयाँमा कारोबार भएको थियो ।




























