
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।आज बसेको केन्द्रीय सचिवालय बैठकले यहि बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।यसअघि पटक पटक सर्दै आएको रास्वपाको महाधिवेशन आगामी भदौ-असोजसम्म गरिसक्ने तयारी शुरु भएको बताइएको छ ।



























