
काभ्रे । बनेपा नगरपालिका–८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा राखिएको बाकसबाट २५५ राउण्ड गोली बरामद भएको छ ।प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा हराएको भनिएको एसएलआर बन्दुकको २३१ राउण्ड र .३०३ रायफलको २४ राउण्ड गरी जम्मा २५५ राउण्ड गोली फेला परेको हो ।बरामद गरिएका गोलीहरू थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको प्रहरीले जनाएको छ ।



























