
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार शुक्रबार चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर ५ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको महासङ्घले जनाएको छ।



























