
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८८ हजार ७ सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँ रहेको थियो।



























