
काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपालले जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ।समूह ‘डी’ मा लगातार तीनै खेल जित्दै समूह विजेताको रूपमा क्वार्टरफाइनलमा पुगेको नेपालले समूह ‘ए’ को उपविजेता जापानसँग भिड्न लागेको हो। नेपालले समूह चरणमा कतार, सिंगापुर र हङकङलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।नेपाल र जापानबीचको क्वार्टरफाइनल खेल बुधबार मलेसियास्थित वाइएसडी यूकेएम ओभलमा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ।प्रतियोगिताका अन्य क्वार्टरफाइनल खेलहरूमा थाइल्यान्डले कतारको सामना गर्नेछ भने यूएई र मलेसिया तथा इन्डोनेसिया र भुटानबीच प्रतिस्पर्धा हुनेछ। क्वार्टरफाइनल चरणका सबै खेल बुधबार नै आयोजना हुनेछन्।नेपाल जापानलाई पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यमा रहेको छ।



























