
काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ ।प्रदेश प्रमुख देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको हो ।यी दुवै विधेयक असार २० गते बसेको बागमती प्रदेशसभाको बैठकबाट पारित भएका थिए । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेट कार्यान्वयन तथा वित्तीय व्यवस्थापनको कानुनी बाटो खुलेको छ।



























