काठमाडौं | नेपालमा नै पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ चितवनको भरतपुरमा हुने भएको छ ।चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै आत्मनिर्भर रहेको डेरीजन्य उद्यमशिलताको विकासमा सहयोग पुरयाउने उद्देश्यले डेरी एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिएको हो । एक्स्पोले दुग्ध क्षेत्रको वृहत विकासकालागि साझा मञ्च प्रदान गर्ने र नया प्रविधि र नवप्रवर्तन र बजार विस्तार र ब्राण्ड प्रवद्र्धनमा मद्दत पुग्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सघका अध्यक्ष किशोर बगालले बताउनुभयो । एक्सपोले डेरी उत्पादन प्रक्रिया र वितरण प्रणालीका नविनतम प्रविधि तथा अभ्यासहरु लाई प्रोत्साहित गर्ने उहाले बताउनुभयो । किसान उद्योगी र व्यापारीलाई एकै थलोमा ल्याएर व्यवसायीक सञ्जालको अबसर सिर्जना गर्नु उपभोक्ताहरुलाई डेरी उत्पादनको महत्व फाईदा तथा गुणस्तर सम्बन्धी जानकारी प्रदान गर्ने एक्स्पोको उद्देश्य रहेको उहाले बताउनुभयो ।पत्रकार सम्मेलनमा चितवन उद्योग सघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले नेपालको डेरी उद्योगलाई अन्तराष्ट्रिय बजारीकरण गर्नुका साथै नवप्रबिधि बारे जानकारी दिन पहिलो पटक राष्ट्रिय डेरी एक्स्पोको आयोजना गरीएको बताउनु भयो ।प्रथम राष्ट्रिय डेरी एक्स्पो चितवन उद्योग संघको आयोजना र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिको सहआयोजनामा हुन लागेको हो । यही माघको २५ गते देखि २७ गते सम्म आयोजना हुने एक्सोमा नेपाल भारतका करीब ५० वटा डेरीका परिकार देखि नया प्रबिधि र उद्योगका स्टलहरु रहने छन् । एक्स्पो करीब ५० हजार दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ । चितवनमा हाल ३ लाख ५० हजार दुध उत्पादन हुदै आएको छ ।