
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउने भएका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सम्भावित भारत भ्रमणका एजेन्डा तय गर्न विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन् ।परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्रीले आज र भोलि नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिश्रीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारतबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ । साथै, दुई देशबीचको सम्बन्धका विभिन्न आयामको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गरिनेछ ।भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ अधिकारी तथा विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



























