
नेपालगञ्जको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका २२ हजार १० जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका ४२ हजार ९८० बालबालिकामध्ये ५१.२१ प्रतिशत अर्थात् २२ हजार १० बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका हुन् ।सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले पुस २२ गतेबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको छ ।श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिकाका ७ वटा वडामा खोप अभियान सकिएको जानकारी दिनुभयो । सो वडाका ९५ प्रतिशतभन्दा बढी बालबालिकालाई खोप लगाइएको श्रेष्ठको भनाइ छ ।खोप अभियान सकिएपनि सात वटा वडाका खोप लगाउन छुटेका बालबालिका खोजेर खोप लगाउने कार्य भइरहेको जिल्ला कार्यालयले बाँकेले जनाएको छ ।नेपालगञ्ज उपमहानगरपालिकाका खोप लगाउन बाँकी २० हजार ९७० बालबालिकालाई र खजुरा गाउँपालिकाका १८ हजार ४५९ र गरी ३९ हजार ४२९ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने लक्ष्य सरकारको छ ।मङ्गलबार उपमहानगरपालिका भित्र १६ वडाका ३० खोप केन्द्र र खजुरा गाउँपालिकाका ८ वटै वडाका १७ खोप केन्द्र गरी ४७ वटा खोप केन्द्रमार्फत दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भएको छ ।दादुरा सङ्क्रमितको सङ्ख्या १९५ पुग्योस्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा सङ्क्रमणबाट १९५ जना बालबालिका सङ्क्रमित भएका छन् ।पुस १२ गतेबाट फैलिएको सङ्क्रमण सङ्क्रमितमध्ये नेपालगञ्जमा १८९, खजुरामा तीन, कोहोलपुरमा दुई र नरैनापुरमा १ गरी सङ्क्रमितको सङ्ख्या १९५ पुगेको छ । जसमध्ये एक जनाको मृत्यु भएको छ ।सङ्क्रमितमध्ये ५१ जना होम आइसोलेसनमा उपचाररत छन् भने १४३ जना निको भइसकेका छन् ।Source:Gorkhapatra




























