
नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय आफैंसँग राख्ने निर्णय गरेको छ ।माओवादी पदाधिकारीको मंगलबार बसेको बैठकले गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालसँगै राख्ने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गृह मन्त्रालय पुनस् पाउनुपर्ने माग गरिरहेका बेला माओवादीले उनलाई तत्काल गृह नदिने भएको हो ।




























