
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न नमिल्ने बताउनुभएको छ ।प्रतिनिधिसभा बैठकमा बिभिन्न मन्त्रालयमाथि बिनियोजित बजेटमाथिको छलफलका क्रममा पौडेलले सरकारको छाँया पर्ने भएकाले राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न नमिल्ने बताउनुभएको हो ।उहाले सम्पती शुद्धिकरण आयोग, राजस्व लगाएतलाई स्वतन्त्र हुने गरि व्यवस्था गर्नुपर्ने समेत बताउनुभयो । संसदबाट बजेट पास गर्नुपर्ने अवस्थामा सांसदहरुले दिएको सुझाव उल्लेख हुनुपर्ने उहाको भनाइ छ । उहाले सवै बिषयमा पार्टीको ह्वीप लाग्ने बिषयलाई अव सच्चाउनुपर्नेमा जोड दिनुभयो ।त्यस्तै उहाले अहिलेको बजेट निश्चित व्यक्तिहरुको क्षेत्रमा केन्द्रीत गरेको भन्दै आपत्ती जनाउनुभयो । पौडेले “विनियोजन विधयेक, २०८१ अन्र्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव समेत प्रस्तु गर्नुभयो ।




























