
शहीद स्मारक ए डिभिजन लिगमा सोमबार भएको खेलमा चर्च ब्वायज युनाइटेड र एपीएफ क्लबले बाराबरी खेलेको छ । दशरथ रंगशालमा भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।आज भएको खेलबाट दुवै टिमले एकएक अंक जोडेका छन् । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लबसँगै अपराजित रहेको चर्च ब्वाइजले ३ खेल जित्दा ४ खेल बराबरी खेलेको छ ।७ खेलबाट १३ अंक जोडेको चर्च ब्वाइज तेस्रो स्थानमा उक्लेको छ । सातदोबाटो समान अंक भएपनि गोल अन्तरमा चर्च ब्वाइजमा अघि रहेको छ । ७ खेलबाट ११ अंक जोडेको एपीएफ पाँचौ स्थानमै छ ।




























