
एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानको जारी खेलमा युएइले र सिंगापुरलाइ ४७२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।आइतबार टस जितेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ४७२ रन बनाएको छ। युएईका लागि ओपनर मोहम्मद वासिमले १६ छक्कासहित ९ चौका बनाएर १ सय ६० रन बनाएर आउट भएका थिए। उनले ८२ बलमा विस्फाेटक इनिङ खेलेका हुन्।त्यस्तै, युएईका लागि भृत्य अर्विन्दले १३२ बलमा २६ छक्का र ३९ चौकासहितय १ सय ७४ रन बनाएर आउट हुन पुगे।दोस्रो विकेटका लागि वृत्य अरविन्द र मोहम्मद वासिमले दोस्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गरेका थिए। त्यस्तै, युएईका लागि ओपनर आर्यन लाक्रा ७ बलमा २ चौकासहित १२ रनमा आउट भएका थिए भने रमिज शाहजाद शून्यमा आउट भए।युएईले पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले हराएको थियो। दोस्रो खेलमा हङकङसँग डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले पराजित भएको थियो। शीर्ष दुईमा रहँदै सेमिफाइनल रहन बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ।




























