काठमाडौं । गत साता लगातार ओरालो लागेको सेयर बजार परिसुचक नेप्से यो साता भने सुरुवाती कारोबार दिन नैं उकालो लागेको छ । आज आईतबार बजार परिसुचक नेप्से १२ दशमलव २९ अंकले उकालो लागेर एक हजार आठ सय ९४ दशमलव ४३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २८ अंकले उकालो लागेर तीन सय छ० दशमलव ७६ बिन्दुमा चढेको छ ।धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको ४७ हजार एक सय १७ पटक सेयर किनबेच भएको छ । जसबाट आज ६३ लाख ९३ हजार दुई सय ४५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब २५ करोड ९९ लाख ५९ हजार चार सय ५६ रुपैंयाँ कायम भएको छ ।धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर किनबेच भएका छन् । जसमध्ये बाँणिज्य बैंक र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।